ad ad

खेल


पहिलो हाफमा धनगढीसँग चितवन १-० ले पछि

पहिलो हाफमा धनगढीसँग चितवन १-० ले पछि

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १८:५, काठमाडौँ

फरवार्ड विमल घर्तिमगर पेनाल्टीमा चुक्दा एफसी चिवतनकले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसीविरुद्धको पहिलो हाफमा बराबरीको मौका गुमायो।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको पहिलो हाफ सकिँदा चितवन १–० ले पछि परेको छ।

खेल सुरु भएको दोस्रो मिनेटमा नै अफिज ओलावालेको गोलमा धनगढीले सुरुआती अग्रता बनायो। रोहन कार्कीको पासमा डिबक्स एरिया नजिकबाट ओलावालेले सेकेण्डबार च्याप्दै गरेको प्रहार गोलमा परिणत भयो।

साताैँ मिनेटमा चितवनका रफिक अमिनुको फ्रिकीक प्रहार आकाशियो। ३४ औं मिनेटमा चितवनका रफिक अमिनुको प्रहार आकाशिदा बराबरीमो मौका गुमायो।

३८ औं मिनेटमा छिरिङ तामाङको प्रहार धनगढीका डिफेन्डरले क्लीयर गरे।

इन्ज्युरी समयमा विमल घर्तिगरको पेनाल्टी प्रहार विफल भयो। पेनाल्टी एरियामा धनगढीका रिचार्ड आसेइले ह्याण्ड गरेपछि रेफ्री प्रज्वल क्षत्रीले चितवनलाई पेनाल्टीको मौका दिएका थिए। जुन अवसरलाई विमलले सदुपयोग गर्न नसक्दा बराबरी गर्ने मौका गुमायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .