ad ad

खेल


एनएसएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा काठमाडौँ र इलाम भिड्ने

एनएसएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा काठमाडौँ र इलाम भिड्ने

नेपालखबर
मंसिर ८, २०८० शुक्रबार ७:९, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुदैैछ। एनएसएलको उद्घाटन खेलमा गत सिजनको च्याम्पियन काठमाडौँ रेजर्स र नवप्रवेशी स्र्पोटिङ इलाम एफसी भिड्दैछन्। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। खेलअघि मनोरञ्जनात्मक प्रस्तुति हुने आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ। मनोरञ्जनात्मक प्रस्तुती भने साँझ ४ बजेपछि सुरु हुनेछ। 

यो पटक गत सिजनका ६ सहित ९ टोलीले एनएसएलमा प्रतिस्पर्धा गर्नेछन्। 

पहिलो संस्करणका काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्ससहित तिन नयाँ झापा एफसी, विरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ्ग मेची डे इलाम गरि ९ टोलीले दोस्रो संस्करणमा स्पर्धा गर्नेछन्। 

एनएसएल मङ्सिर ८ देखि पुस २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .