ad ad

खेल


दक्षिण एसियाली कराते च्याम्पियनसिप हुँदै

दक्षिण एसियाली कराते च्याम्पियनसिप हुँदै

नेपालखबर
मंसिर १, २०८० शुक्रबार २१:६, काठमाडौँ

सातौं दक्षिण एशियाली कराते च्याम्पियनसिप आगामी मंसिरको तेस्रो सातादेखि सुरु हुने भएको छ।

नेपाल कराते महासंघको आयोजनामा आगामी मंसिर १६ गतेदेखि ६ राष्ट्रले प्रतिष्पर्धा  गर्ने दक्षिण एशिया कराते च्याम्पियनसिप हुन लागेको हो।

यस किसिमको च्याम्पियनसिप २५ वर्षपछि आयोजना गर्न लागेकाले यो आयोजनाबाट नेपाली करातेको गरिमा अझ बढाउने आयोजकको विश्वास छ। महासंघले शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै च्याम्पियनसिपबारे जानकारी दिएको हो।

नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुईदिने च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिए।

प्रतिबन्धमा रहेकाले श्रीलंकाको भने एनओसी टिम सहभागी हुने जनाइएको छ। च्याम्पियनसिपमा क्याडेट, जुनियर, यु–२१ र सिनियरमा गरी चार विधामा कुल तीन सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

महासंघका महासचिव दावा गुरुङले कुल ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने जानकारी दिए। यस क्रममा क्याडेटमा १२, जुनियरमा १५, यु–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ। नेपालबाट भने ६८ खेलाडीले सबै स्पर्धामा चुनौति प्रश्तुत गर्ने भएका छन्।

नेपाली खेलाडीको प्रशिक्षणका लागि ६ प्रशिक्षक र दुई व्यवस्थापकको व्यवस्था गरिएको छ। गोकर्णेश्वरस्थित शंखडोल कराते एकेडेमीमा कुमुते टोली र बौद्ध डोजामा काता टोलीले तयारी गरिरहेका छन्।

महासंघका अध्यक्ष लामाले प्राविधिक रूपमा यो प्रतियोगिता आयोजना गर्नुपर्ने बंगलादेशले प्रस्ताव नै नगरेकाले नेपालले आयोजनाका लागि प्रश्ताव गरेकोमा एशियाली कराते महासंघ(एकेएफ) ले स्वीकृति दिएको जानकारी दिए। 

एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराते महासंघ(डब्लुकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराते महासंघले जनाएको छ।

च्याम्पियनसिपका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुनेछ। आयोजकले प्रतियोगिता सञ्चालन गर्न करिव एक करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ। प्रतियोगिताअघि मंसिर १२ गतेदेखि एकेएफ रेफ्री सेमिनार सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .