ad ad

खेल


विश्वकप क्रिकेट : न्युजिल्यान्डद्वारा पाकिस्तानसामु ४०२ रनको विशाल लक्ष्य पेस

विश्वकप क्रिकेट : न्युजिल्यान्डद्वारा पाकिस्तानसामु ४०२ रनको विशाल लक्ष्य पेस

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १५:१०,

आईसीसी क्रिकेट विश्वकपा न्युजिल्यान्डले पाकिस्तानसामु विशाल लक्ष्य खडा गरेको छ। पहिलो इनिङ्समा न्युजिल्यान्डले ६ विकेट गुमाउँदै ४०१ रन बनाएको हो। 

यो न्युजिल्यान्डले विश्वकपमा गरेको सबैभन्दा उच्च स्कोर हो।

बेङ्लुरुमा न्युजिल्यान्डका लागि ओपनर रचिन रवीन्द्रले शतकीय योगदान गरे। उनले १०८ रन बनाए।

कप्तान केन विलियम्सन ९५ रन बनाए पनि शतक बनाउनबाट चुके।

यसपटक विश्वकपमा बलिया टिमविरुद्ध पाकिस्तानी बलरहरु कमजोर साबित भएका छन्। 

पाकिस्तानी बलरहरुले हालसम्मकै धेरै अर्थात् ४६ चौका दिएका छन्।

प्रमुख बलर शहीन शाह अफ्रिदीले बिनाविकेट ९० रन दिए। कुनै पनि पाकिस्तानी बलरका लागि यो विश्वकपमा सबैभन्दा महंगो स्पेल हो।

पाकिस्तानका लागि मोहम्मद वसिमले तीन विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .