ad ad

खेल


भारतले इंग्ल्यान्डलाई हराएपछि किन भाइरल भयो लखनउ स्टेडियमको यो तस्बिर?

भारतले इंग्ल्यान्डलाई हराएपछि किन भाइरल भयो लखनउ स्टेडियमको यो तस्बिर?

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १३:१४, काठमाडौँ

लखनउ स्टेडियममा शनिबार भएको खेलमा भारतले इंग्ल्यान्डलाई १०० रनले हराएपछि सामाजिक सञ्जालमा यसको तस्बिर र चर्चा व्यापक रूपमा भयो। 

उक्त खेलका क्रममा एउटा अर्को तस्बिर सामाजिक सञ्जालमा सेयर भइरहेको छ। जसमा बीसीसीआई सचिव जय शाह, उत्तर प्रदेश सरकारका मन्त्री नितिन अग्रवाल र जितिन प्रसादका साथ मन्त्री सन्दीप सिंह देखिएका छन्।

यो तस्बिर सेयर गर्दै सपा प्रमुख अखिलेश यादवले कटाक्ष गर्दै लेखेका छन्, ‘तपाईं भाजपाको परिवारवादको तस्बिर चिन्नुहुन्छ? सपाले असम्भवलाई सम्भव बनाउँछ, भाजपाका मानिस त फोटो खिच्न मात्र आउँछन्।’

वास्तवमा तस्बिरमा देखिएका व्यक्तिहरू कुनै न मन्त्रीको परिवारका सदस्य हुन्।

जय शाह केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा हुन्। नितिन अग्रवाल राज्यसभा सांसद र भाजपा नेता नरेश अग्रवालका छोरा हुन्। सन्दीप सिंह उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा भाजपाका वरिष्ठ नेता कल्याण सिंहका नाति हुन्। जितिन प्रसाद आफैँ उत्तर प्रदेश सरकारका मन्त्री हुन्।

भाजपाले विपक्षी दलहरूलाई बारम्बार नातावादको आरोप लगाउने गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि परिवारवादी राजनीतिविरुद्ध बोलिरहन्छन्। यस्तो अवस्थामा उक्त तस्बिरका आधारमा आलोचकहरूले भाजपाविरुद्ध हमला गरिरहेका छन्।

तर, अखिलेश यादवले परिवारवादको कुरा गर्दा कतिपयले उनको परिवारको पूरा चार्ट पोस्ट गरेर सपाचाहिँ पारिवारिक पार्टी होइन भनेर व्यंग्य गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .