खेल


नेपालले मलेसियासँग टि-२० शृंखला खेल्ने

नेपालले मलेसियासँग टि-२० शृंखला खेल्ने

नेपालखबर
असार १४, २०७६ शनिबार २:५३,

नेपालले मलेसियासँग टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट शृंखला खेल्ने भएको छ ।

टि-२० विश्वकपको एसिया छनोटको तयारी गरिरहेको नेपालले मलेसियासँग उसकै मैदानमा २ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्ने भएको हो। 

मलेसिया क्रिकेटका अनुसार नेपाल र मलेसियाबीचको सिरिज जुलाई १३ र १४ (असार २८-२९) मा हुनेछ। दुबै खेल किनरारा ओभल मैदानमा हुनेछ। 

नेपालले सिंगापुरमा जुलाई २२ देखि २८ गतेसम्म हुने टि-२० विश्वकपको अन्तिम तयारीका लागि मलेसियासँग शृंखला खेलिरहेको हो।

एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन्। एसिया छनोटको शीर्षमा रहन सके नेपाल ग्लोबल छनोट खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad