ad ad

खेल


एसियाडमा आज डेब्यु गर्दै राष्ट्रिय महिला फुटबल टोली, भियतनामसँग भिड्दै

एसियाडमा आज डेब्यु गर्दै राष्ट्रिय महिला फुटबल टोली, भियतनामसँग भिड्दै

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०८० शुक्रबार ६:५३, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भियतनामसँग खेल्दै एसियन गेम्समा डेब्यु गर्दै छ।

चीनको हाङझाउमा जारी १९औं एसियन गेम्सअन्तर्गत महिला फुटबलमा आज शुक्रबार नेपाल र भियतनाम भिड्दै छन्। 

वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टर स्टेडियममा हुने खेल दिउँसो पौने २ बजे सुरु हुनेछ। 

नेपाल र भियतनाम तेस्रोपटक आमनेसामने हुन लागेका हुन्। 

यसअघि ओलम्पिक छनोटमा यी टोली पहिलोपटक भेट भएका थिए। दुवै भेटमा नेपाल हारेको थियो। पहिलो खेलमा ५–१ को फराकिलो हार बेहोरेको नेपाली टोली दोस्रो खेलमा २–० ले पराजित भयो। 

समूह चरणमा नेपाल, भियतनाम र जापानसँगै बंगलादेश रहेको कठिन समूहमा छ।

समूह चरणको दोस्रो खेलमा नेपाल जापानसँग सोमबार खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा ११ गते बिहीबार  बंगलादेशसँग भिड्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .