ad ad

खेल


कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भदौ २७ देखि

कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भदौ २७ देखि

नेपालखबर
भदौ २४, २०८० आइतबार १५:३१, काठमाडौँ

कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ।

नेपाल तेक्वान्दो संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ २७ गते देखि ३१ गतेसम्म हुने जानकारी दिएको हो।

दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा पहिलो पटक भारत र बंगलादेशबाट पनि खेलाडी सहभागी हुँदैछन्। प्रतियोगितामा भारतबाट ३५ र बंगलादेशबाट ३३ खेलाडी सहभागी हुदैछन्।

प्रतियोगितामा ७११ महिला र १०६७ पुरुष गरी १७७८ जना सिनियर तथा जुनियर खेलाडीहरुको सहभागिता रहने संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक भान बहादुर चन्दले बताए। उनले भने, पुम्सेतर्फ २५ र ग्यरोगीतर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि स्पर्धा हुनेछ।

प्रतियोगितालाई सम्पन्न गर्न उपाध्यक्ष चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ। प्रतियोगिता सञ्चालन गर्न ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयम्सेवकहरु परिचालन गरिनेछ।

प्रतियोगिता सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। प्रतियोगिता आयोजनका लागि कोरियाली दुतावासबाट करिब ५ हजार अमेरीकी डलर, खेलाडी दर्ताबाट करिव १७ लाख र बाँकी रकम नेपाल तेक्वान्दो संघले व्यवस्थापन गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .