ad ad

खेल


अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पसँग भारतीय क्रिकेटर धोनीले गल्फ खेलेको तस्बिर भाइरल (भिडिओ)

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पसँग भारतीय क्रिकेटर धोनीले गल्फ खेलेको तस्बिर भाइरल (भिडिओ)

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १३:१३, काठमाडौँ

भारतीय क्रिकेट टोलीका महान् कप्तानमध्येका एक महेन्द्र सिंह धोनीका फ्यान भारतमा मात्र होइन, विश्वभर छन्। धोनीले क्रिकेटमा धेरै उपलब्धि हासिल गरेका छन्। उनी एकदिवसीय विश्वकप, टी-२० विश्वकप र च्याम्पियन्स ट्रफी जित्ने एकमात्र कप्तान हुन्। तर धोनीलाई क्रिकेट मात्र होइन, अन्य पनि धेरै खेल मन पर्छन्।

धोनीको पहिलो प्रेम फुटबल हो। यसबाहेक उनी टेनिस र गल्फ खेल्ने मौका पनि गुमाउँदैनन्। चेन्नई सुपर किंग्सका कप्तान हालै यूएस ओपन टेनिस प्रतियोगितामा कार्लोस अल्काराजको खेल हेर्न पुगेका छन्। अहिले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको तस्बिर भाइरल भइरहेको छ। 

वास्तवमा धोनी अहिले अमेरिकामा छन्। यूएस ओपन खेल हेर्नुका साथै उनले गल्फ खेलको रमाइलो पनि गरे। यस क्रममा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पनि धोनीसँग देखिएका छन्। यी दुईको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पूर्व भारतीय कप्तान धोनीलाई पूर्वराष्ट्रपतिले ट्रम्प नेसनल गल्फ क्लब, बेडमिन्स्टरमा गल्फ खेल्न आमन्त्रण गरेका थिए।

धोनीका निकट साथीले सेयर गरे तस्बिर
धोनीका नजिकका सहयोगी र व्यापारी हितेश संघवीले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै लेखेका छन्- धोनी, डोनाल्ड ट्रम्प र राजीव नाइकसँग गल्फ। हामीलाई होस्ट गर्नुभएकामा पूर्व राष्ट्रपतिलाई धन्यवाद!

धोनी र ट्रम्पले सँगै गल्फ खेलेको भिडिओ सार्वजनिक
आफ्नो इन्स्टाग्राम स्टोरीमा सांघवीले भिडियो पोस्ट गरेका छन्, जसमा धोनी र ट्रम्प सँगै गल्फ खेलिरेहका छन्। दुबईका व्यापारी संघवी एमएस धोनीसँग थिए र उनले आफ्नो सोसल मिडियामा पूर्व भारतीय कप्तानसँगका धेरै तस्बिर सार्वजनिक गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .