ad ad

खेल


एसिया कप : भारतविरुद्ध नेपालले पूरा गर्‍यो २ सय रन

एसिया कप : भारतविरुद्ध नेपालले पूरा गर्‍यो २ सय रन

नेपालखबर
भदौ १८, २०८० सोमबार १९:२७, काठमाडौँ

एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दुई सय रन पूरा गरेको छ। ४४ औं ओभरको तेस्रो बलमा सातौ विकेट गुमाउँदै नेपालले २ सय रन पूरा गरेको हो। 

श्रीलंकामा जारी खेलमा नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामी क्रिजमा छन्। 

सोमपाल २८ र सन्दीप ४ रन बनाएर खेलिरहेका छन्।

पहिलो खेलमा पाकिस्तानविरुद्ध १ सय ४ रनमै अलआउट भएको नेपालले भारतविरुद्ध भने सम्हालिएर प्रदर्शन गरिरहेको छ। 

नेपालका दुवै ओपनरले उत्कृष्ट सुरुवात गरेपछि नेपाल सम्मानजनक स्कोरतर्फ अघि बढेको हो। 

कुशल भुर्तेलले ३८ र आशिफ शेखले ५८ रन बनाए। तर त्यसपछि आएका भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ल सस्तैमा आउट हुँदा नेपाल दबाबमा प¥यो। 

भीम ७, रोहित ५ र कुशल २ रनमै आउट भए। 

तर, पछिल्लो क्रममा ब्याटरले पुनः नेपाललाई सम्हाले। गुलशन झाले २३ र दीपेन्द्रसिह ऐरी २९ रन बनाएर आउट भए।

भारतका लागि रविन र जडेजाले १० बलमा ४० रन खर्चिंदै ३ विकेट लिए। महम्मद सिराज २ तथा हार्दिक पाण्ड्या र सर्दुल ठाकुरले समान १/१ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .