ad ad

खेल


क्यान्सेलो र फेलिक्सको डेब्यु खेलमा ओसासुनाविरुद्ध बार्सिलोनाको नाटकीय जित

क्यान्सेलो र फेलिक्सको डेब्यु खेलमा ओसासुनाविरुद्ध बार्सिलोनाको नाटकीय जित

नेपालखबर
भदौ १८, २०८० सोमबार ११:१५, काठमाडौँ

जोआओ क्यान्सेलो र जोआओ फेलिक्सले डेब्यु गरेको खेलमा बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनाविरुद्ध नाटकीय जित हासिल गरेको छ। 

सोमबार राति ओसासुनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २–१ को विजय प्राप्त गरेको हो। 

बार्सिलोनाको जितमा जुल्स कुन्डे र रोबेर्टो लेवानडोस्कीले समान एक गोल गरे। ओसासुनाका लागि चिमी अभिलाले एक गोल फर्काए।

पहिलो हाफको इन्ज्युरी समयमा जुल्स कुन्डेको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ७६औँ मिनेटमा चिमीले गोल गर्दै ओसासुनालाई बराबरीमा ल्याए। 

खेलको ८५औँ मिनेटमा ओसासुनाका अलेहान्द्रो काटेनाले लेवानडोस्कीलाई लडाएपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो। जुन मौकालाई लेवान्डोस्कीले खेर जान दिएनन्। खराब ट्याकल गरेका काटेनाले सिधै रातो कार्ड खाँदै मैदान छाडे।

गएरातिकै अर्को खेलमा जारोनाले लस पलमासलाई १–० ले हराएको छ। मालोर्का र एथलेटिको बिलबाओले भने गोलरहित बराबरी गर्दै अंक बाँडे। जि

रोना अंक तालिकाको दोस्रो र बार्सिलोना तेस्रो स्थानमा छ। समान १० अंक भए पनि बार्सिलोना गोलअन्तरमा पछि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .