खेल


सोमपाल क्याच आउट

सोमपाल क्याच आउट

नेपालखबर
भदौ १३, २०८० बुधबार २१:१८, काठमाडौँ

एसिया कपमा पाकिस्तानविरुद्ध सोमपाल कामी क्याच आउट भएका छन्। १७ औं ओभरको अन्तिम बलमा सोमपाल कामी हरिश रौफको बलमा विकेट किपर मोहम्मद रिजवानको हातबाट क्याच आउट भए।

नेपालले १७ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ८२ रन बनाएर खेलिरहेको छ।

आरिफ शेख १५ औं ओभरको चौथो बलमा हरिस रौफको बलमा बोल्ड आउट भए।

नेपाल एक समय १.४ ओभरमा ३–१४ को अवस्थामा रहेको थियो।

चौथो विकेटका लागि आरिफ र सोमपाल कामीले ५९ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हाल्ने प्रयास गरेका थिए।

१५ औं ओभरको समाप्तीमा नेपालले ४ विकेट गुमाएर ७६ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा सोमपाल कामी २८ र गुलसन झा २ रन बनाएर खेलिरहेका छन्।
दोस्रो ओभरमा नै तिन विकेट गुमाएर दबाबमा आएको नेपाल सम्हालिने प्रयासमा छ।

पहिलो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अन्तिम बलमा कप्तान रोहित पौडेललाई गुमाएको थियो।  

ओभरको सुरुवाती दुई बलमा लगातार चौका प्रहार गरेका भुर्तेल ओभरको पाँचौं बलमा शहिन शा अप्रिदीको बलमा विकेट किपर मोहम्मद रिजवानको हातबाट क्याच आउट भए।

कप्तान रोहित अफ्रिदी कै बलमा गोल्डेन डक आउट भए। दोस्रो ओभरको चौथो बलमा ओपनर आशिफ शेख ५ रन बनाउँदा नसिम शाहको बलमा इफिखार अहमदको हातबाट क्याच आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .