ad ad

खेल


आज मलेसियामा नेपाल-हङकङ भिड्दै

आज मलेसियामा नेपाल-हङकङ भिड्दै

नेपालखबर
भदौ ५, २०८० मंगलबार १०:५५, काठमाडौँ

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देश सम्मिलित महिला टि २० आई खेलमा आज (मंगलबार) हङकङसँग खेल्दैछ। 

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा हुने खेल पौने १२ बजे सुरु हुनेछ। 

नेपालले आइसिसि महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोट अघि चार देश सम्मिलित सिरिज खेल्न लागेको हो। 

सिरिजमा नेपालले मलेसिया, हङकङ र कुवेतसँग खेल्नेछ। 

नेपालले भदौ ५ गते हङकङ, ६ गते कुवेत र ८ गते मलेसियासँग खेल्ने तालिका छ।

चार देशबीच शीर्ष २ मा रहनसके नेपालले भदौ ९ गते फाइनल खेल्नेछ। पुछारका अन्य दुई टोलीले सोही दिन तेस्रो र चौथो स्थानका लागि खेल्नेछन्। 

यो सिरिजपछि नेपाली टोलीले भदौ ११ गते थाइल्याण्डसँग अभ्यास खेल खेल्नेछ। 

एसिया क्षेत्र छनोट भदौ १४ देखि २३ गतेसम्म मलेसियामा हुनेछ। 

समूह ‘ए’ मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्। समूह ‘बि’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन्। 

नेपालले पहिलो खेलमा भदौ १४ गते मलेसियासँग खेल्नेछ। १५ गते बहराइन, १७ गते भुटान, १८ गते कतार र २० गते यूएईसँग खेल्ने तालिका छ। 

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल भदौ २२ गते हुनेछ। फाइनल खेल २३ गते हुनेछ।

फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .