ad ad

खेल


फिफा महिला विश्वकपमा साविक विजेता अमेरिका र उपविजेता नेदरल्यान्ड्स बराबरी

फिफा महिला विश्वकपमा साविक विजेता अमेरिका र उपविजेता नेदरल्यान्ड्स बराबरी

नेपालखबर
साउन ११, २०८० बिहिबार ११:२६, काठमाडौँ

गत संस्करणका विजेता अमेरिका र उपविजेता नेदरल्यान्ड्सले फिफा महिला विश्वकपमा बराबरी खेलेका छन्।

सन् २०१९ को विश्वकप फाइनलमा अमेरिकाले नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो। 

न्युजिल्यान्डको वेलिंग्टन रिजनल स्टेडियममा बिहीबार भएको खेलमा अमेरिका र नेदरल्यान्ड्स्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। 

खेलमा टच टोलीले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा अमेरिकासँग अंक बाँड्न बाध्य भयो। 

खेलको १७औं मिनेटमा जिल रुर्डले गोल गर्दै टच टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। 

जिलले पेलोभाको पासमा गोल गरेकी थिइन्। 

खेलको पहिलो हाफमा १–० ले पछि परेको अमेरिका दोस्रो हाफमा खेलमा फर्किएको थियो।  

खेलको ६२औं मिनेटमा लिन्डर्स होरानको गोलमा अमेरिकाले बराबरी गोल फर्काएको थियो। 

त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँड्न बाध्य भए। 

बराबरीसँगै दुई खेलमा एकमा जित र एक खेलमा हार भोगेको अमेरिका ४ अंकमा समूह ई को शीर्ष स्थानमा छ। समान खेलबाट ४ अंक भएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ। 

यो समूहमा पोर्चुगल र भियतनामले जित हासिल गर्न सकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .