ad ad

खेल


संकटबीच दीपेन्द्रसिंह ऐरीले पूरा गरे अर्धशतक

संकटबीच दीपेन्द्रसिंह ऐरीले पूरा गरे अर्धशतक

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार १९:३५, काठमाडौँ

आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा यूएईले दिएको १८२ रनको चुनौतीलाई अहिले नेपालले पछ्याइरहेको छ। 

यूएईविरुद्धको जवाफी ब्याटिङमा संकटतर्फ परिसकेको नेपालका लागि दीपेन्द्रसिंह ऐरी उद्धारक बनेका छन्।

यूएईले दिएको १८२ रनको लक्ष्य पछ्याइरहेको नेपाल ७ विकेट गुमाएर संकटमा परिसक्दा दीपेन्द्रले उद्धार गरेका हुन्।

उनले सम्हालिएर खेल्ने क्रममा ५५ बलमा ५० रन पूरा गरेका हुन्। उनले आफ्नो इनिङमा २ छक्का र ४ चौका पनि प्रहार गरे।

७ विकेट गुमाइसकेको अवस्थामा अहिले उनलाई सन्दीप लामिछानेले साथ दिइरहेका छन्। सन्दीपसँग उनले ३१ रनको साझेदारी गरिसकेका छन्। 

यसअघि गुलशन झा १२ रन बनाएको अवस्थामा पवेलियन फर्किएन। गुलशनसँग मिलेर दिपेन्द्रले ४२ रनको साझेदारी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .