ad ad

खेल


ललितपुरमा सम्पन्न फुटसलको उपाधि पट्टिपालाई

ललितपुरमा सम्पन्न फुटसलको उपाधि पट्टिपालाई

नेपालखबर
असार १०, २०८० आइतबार १९:४१, काठमाडौँ

ललितपुरमा सम्पन्न फुटसल प्रतियोगिताको उपाधि पट्टिपा युथ क्लबले जितेको छ। फाइनलमा अफलडोल युथ क्लबलाई ४–० ले पराजित गर्दै पट्टिपाले उपाधि उचालेको हो।

सेमिफाइनलमा पट्टिपाले भनिमण्डल भेट्रान र अफलडोलले गैंडागोटलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए।

पट्टिपा युथक्लबले काठमाडौं फुटसलमा आयोजना गरेको प्रतियोगिताका विजेता तथा उपविजेतालाई ललितपुर महानगरपालिका ४ का वडाध्यक्ष सन्तोष खड्काले पुरस्कार प्रदान गरे।

प्रतियोगिताको उत्कृष्ठ खेलाडी पट्टिपा युथ क्लबका स्वीकार राना र सर्वाधिक गोलकर्ता पट्टिपाकै सुविवेक मल्ल भएको आयोजक समितिका संयोजक किशोर केसीले जानकारी दिए।

प्रतियोगितामा ललितपुरका ८ वटा टिम सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .