ad ad

खेल


विश्वकप छनोटमा खर्चिलो बन्दै सन्दीप, लगातार विकेटविहीन

विश्वकप छनोटमा खर्चिलो बन्दै सन्दीप, लगातार विकेटविहीन

नेपालखबर
असार ५, २०८० मंगलबार १६:११, काठमाडौँ

विश्वकिर्तीमानी बलर सन्दीप लामिछाने जारी विश्वकप छनोटमा भने महंगा सावित भएका छन्। विश्वकप छनौटका लगातार दोस्रो खेलमा उनी विकेट लिन असफल भएका छन् भने सबैभन्दा धेरै रन खर्चिएका छन्। 

सन्दीप सबैभन्दा कम खेलमा एक सय विकेट लिने खेलाडी हुन्। सन्दीपले ४२ खेलमा सय विकेट लिँदै विश्वकीर्तिमान आफ्नो नाममा लेखाएका छन्। 

तर विश्वकीर्तिमानी सन्दीप महत्वपुर्ण खेलमा महंगा सावित भइरहेका छन्। 

आइतबार जिम्बाब्वेविरुद्ध पूरै १० ओभर बलिङ गर्दा विकेट लिन असफल भएका सन्दीपले मंगलबार अमेरिकाविरुद्ध पनि विकेट लिन सकेनन्। 

अमेरिकाविरुद्ध १० ओभरमा उनले ५८ रन खर्चिए। जारी खेलमा नेपाली बलरले खर्चिएको यो नै सर्वाधिक रन हो। यसअघि जिम्बाब्वेविरुद्ध उनले ७७ रन खर्चिएका थिए। जिम्बाब्वेविरुद्ध पनि सन्दीपले सबैभन्दा खर्चिलो बलिङ गरे। सन्दीप पछिल्ला ३३ खेलमा पहिलो पटक विकेटविहिन भएका थिए। 

जिम्बाब्वेविरुद्धको खेलमा बलर नचल्दा नेपाल ८ विकेटले पराजित भएको थियो। नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बाब्वेले मात्रै २ विकेट गुमाएर पूरा गर्यो। 

अमेरिकाविरुद्ध सन्दीपले विकेट लिन नसकेपनि अन्य बलरले सफलता दिलाए। करण केसीले ४ विकेट लिँदा सुरुबाटै धरमराएको अमेरिकाका २ विकेट दीपेन्द्रसिंह ऐरीले लिए। ललित नारायण राजवंशी र गुल्सन झाले समान एक विकेट हात पारे। 

४५ ओभरको खेल सकिँदा अमेरिकाले ८ विकेटको क्षतिमा १८९ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .