ad ad

खेल


बार्साका पूर्वप्रशिक्षक एनरिके लाँदै पीएसजी

बार्साका पूर्वप्रशिक्षक एनरिके लाँदै पीएसजी

नेपालखबर
असार ५, २०८० मंगलबार ११:४७, काठमाडौँ

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेन तथा बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस एनरिकेलाई प्रशिक्षकमा नियुक्ति गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। 

पीएसजीले हालका प्रशिक्षक क्रिस्टोफ गाल्टियर टोलीबाट बाहिरिने पुष्टि नगरे पनि यो समरपछि उनी टोलीबाट अलग हुने चर्चा छ। 

५६ वर्षीय गाल्टियरलाई सन् २०२२ को जुलाईमा मौरिसियो पोचेटिनोको स्थानमा नियुक्त गरिएको थियो। जुन उद्देश्यले गाल्टियरलाई नियुक्त गरिएको थियो त्यो पूरा हुन नसकेको चर्चा छ। 

कतारमा भएको विश्वकपपछि स्पेन छाडेका लुइस एनरिकेको धेरैसँग नाम जोडिएको थियो। 

यसअघि बायर्न म्युनिखका पूर्वप्रशिक्षक जुलियन नागेल्सम्यानसँग वार्ता अघि अघि बढे पनि बिनासहमति टुंगिएपछि पीएसजीले एनरिकेलाई ल्याउने प्रक्रिया सुरु गरेको हो। 

यसअघि एनरिकेले सन् २०१४ देखि २०१७ सम्म नोउ क्याम्पमा बार्सिलोनाका मुख्य प्रशिक्षक बन्नुअघि बार्साबाट खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .