नेपाल ओलम्पिक संघको आयोजनामा पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा १९६४ देखि २०२० सम्मका ओलम्पियन सहभागी भएका थिए।
नेपालका ९० जना ओलम्पियन मध्य कार्यक्रममा ५८ जना ओलम्पियन सहभागी थिए।
त्यसअघि शनिबार बिहान प्रभातफेरी आयोजना भएको थियो। पोखराको हल्लनचोकबाट सुरु भएको प्रभातफेरी बाराही चोकमा पुगेर समापन भएको थियो।
संघको आयोजनामा पहिलो ओलम्पियन पुर्नमिलन तथा सम्मान कार्यक्रम गत वर्ष असारमा काठमाडौमा भएको थियो।
तस्बिरहरूः
जेठ २०, २०८०, शनिबार
54
Shares
प्रतिक्रिया