ad ad

खेल


मण्डिखाटार पहिलो खुला जुनियर टेनिस प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

मण्डिखाटार पहिलो खुला जुनियर टेनिस प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १८:१७, काठमाडौँ

मण्डिखटार जुनियर खुला टेनिस प्रतियोगिता सम्पन्न भएको छ।

टेनिस खेलको विकास र विस्तारका लागि गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा ८ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाको सहभागिता रहेको थियो। १०६ जना सहभागी प्रतियोगिता राष्ट्रियस्तरमा पहिलो पटक सञ्चालन भएको हो।

कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो भएका खेलाडीलाई नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा महिला आठ वर्ष उमेर समूहमा निम्ती कुवर, नौ वर्ष उमेर समूहमा सारा पन्त, १० वर्ष उमर समुहमा सारा पन्त, १२ वर्ष उमेर समूहमा सिवाली गुरुङ, १० वर्ष उमेर समूहमा सिवाली गुरुङ र १६ वर्ष उमेर समूह सुनिरा थापा प्रथम भए।

यसैगरी पुरुषको आठ वर्ष उमेर समूहमा भिरल अग्रवाल, नौ वर्ष उमेर समूहमा, सूर्यजंग कार्की, १० वर्ष उमेर समूहमा विश्व विशेष डल्लाकोटी, १२ वर्ष उमेर समूहमा अर्पन सम्राट होला, १४ वर्ष उमेर समूहमा डेबिल श्रेष्ठ र महेश जोशी विजेता बनेका छन्।

कार्यक्रममा नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणाले ५ देखि १४ वर्षको तालिम दिँदै आइरहको जानकारी दिँदै यस्तो खेलले खेलकुदको विकाससँगै राष्ट्रिय खेलाडी उत्पादन गर्न मद्दत गर्ने बताइन्।

मण्डिखटार टेनिस क्लवका अध्यक्ष तथा आयोजक नवराज कुँवरले जुनियार टेनिस राष्ट्रिय रुपमा पहिलो चोटी भएको बताए। उनले यो खेलले आफनो क्षमता विकाससँगै खेलकुदलाई टेवा पुग्ने बताए।

मिडिया एडभाइजर मेघेन्द्र प्रकाश गिरीले टेनिस खेललाई देशब्यापी रुपमा विकास र बिस्तार गर्दै लैजाने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .