ad ad

खेल


पीएसजीसँग वार्ता रोकियो, अब कहाँ जालान् मेस्सी?

पीएसजीसँग वार्ता रोकियो, अब कहाँ जालान् मेस्सी?

नेपालखबर
बैशाख १०, २०८० आइतबार १०:२४, काठमाडौँ

सिजन अन्तिमतिर आइसक्दा पनि यसपछि लियोनल मेस्सी कुन क्लबबाट खेल्छन् भन्ने अझै टुंगो लागेको छैन। पीएसजीमा उनको सम्झौता सिजन अन्त्ये भएसँगै सकिँदैछ। 

सम्झौता थप गर्ने विषयमा समझदारी भएको छैन। बरु पछिल्लो समय क्लब र मेस्सीबिचका वार्ता नै रोकिएको छ। सिजन सकिएसँगै पीएसजी मेस्सीलाई निशुल्क अन्यत्र जान दिने मनस्थितिमा पुगेको छ। 

च्याम्पियन्स लिग जित्नका लागि ठूलो लगानी गरेको पीएसजी त्यो प्राप्त नभएपछि थप जोखिम नमोल्ने मनसायमा देखिएको छ। 

विश्व च्याम्पियन बनेका मेस्सी र पीएसजीबिच त्यसयता वार्ता हुन सकेको छैन। यसले मेस्सीको भविष्य पीएसजीबाट टाढा हुने सम्भावना बढ्दै गएको छ। पीएसजी करियरको अन्तिमतिर आइपुगेका मेस्सीमा लगानी गर्न भन्दा पनि दिगो टिम निर्माणको लक्ष्यमा छ। 

पीएसजीका अध्यक्ष नासेर अल खेलाफी अब स्टार नाममा भन्दा पनि फ्रान्सेली प्रतिभामा बढी विश्वास गर्ने योजनामा छन्। पीएसजीले च्याम्पियन्स लिग जित्नका लागि भन्दै नेयमार र मेस्सीमा ठूलो लगानी गर्यो। 

फ्रान्सेली स्टार केलियन एम्बाप्पेलाई आकर्षक सुविधासहित नयाँ सम्झौता थपेपछि अब त्यहाँ नयाँ टिम निर्माणको चरण सुरु भएको छ। 

पीएसजीको सोच बदलीयसँगै लियोनल मेस्सी बानर्सिलोना फर्किने सम्भावना बढेको छ। तर बार्सिलोनाको आर्थिक शंकट फेरि पनि बाधा हुने देखिएको छ। आर्थिक शंकटकै कारण बार्सिलोनाले आफ्ना युवा स्टार गाभीलाई समेत ला लिगामा दर्ता गर्न सकेको छैन। उनीसँग सम्झौता थप्ने निर्णय कार्यन्वयनमा ला लिगा बाधक बन्यो। 

बार्सिलोना सिजन सकिएसँगै स्पेनिस प्रतिभा गाभीलाई निशुल्क गुमाउनु पर्ने जोखिममा छ। थप कोष जुटाउन नसके गाभीलाई नै गुमाउने अवस्थामा पुगेको बार्सिलोना मेस्सीसँग सम्झौता गर्न थप आर्थिक आवश्यकता पर्छ। 

बार्साले नयाँ सिजन अघि एथलेटिक क्लबबाट इनिगो मार्टिनेजलाई हस्ताक्षर गर्ने सम्झौता भइसकेको छ। यसअघि २०२१ मा पनि आर्थिक शंकटकै कारण बार्सिलोनाले मेस्सीको सम्झौता थप गर्न सकेको थिएन। 

पछिल्लो समय बार्सिलोना मेस्सीलाई फिर्ता ल्याउन उनीसँग सम्पर्कमा रहेको समाचार बाहिरिएका छन्। र क्लबकै अधिकारीहरुले पनि यसलाई पुष्टि गरेका छन्। तर सम्झौता सकिनु दुई महिनाअघिसम्म पनि आधिकारीक प्रस्ताव भने बार्सिलोनाले गरिसकेको छैन। 

पीएसजी र बार्सिलोना दुबै घरेलु लिग उपाधि नजिक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .