ad ad

खेल


सय रन नपुग्दै ओमानले गुमायो पाँच विकेट

सय रन नपुग्दै ओमानले गुमायो पाँच विकेट

नेपालविरुद्ध ब्याटिङका क्रममा ओमानका खेलाडी। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १४:५५, काठमाडौँ

एसिसी प्रिमियर कपमा क्रिकेटअन्तर्गत नेपालले ओमानमाथि दबाब बढाउँदै लगेको छ।

नेपालले पहिले ब्याटिङ गर्दै दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा ओमान सय रन नपुग्दै धरासायी हुन पुगेको हो।

ओमानलाई धराशायी बनाउने क्रममा सन्दीप लामिछानेले एकै ओभरमा दुईसहित तीन विकेट लिएका हुन्। 

ओमानका ब्याटरलाई पबेलियन फर्काउने क्रममा नेपालले उसको सय रन नपुग्दे ५ विकेट लिइसकेको छ।

नेपालका लागि सन्दीपले ३ विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिएका छन्। 

ओमानका लागि ओपनर कश्यप प्रजापति ३५ बलमा २५ रन बनाएर आउट भए। अर्का ओपनर जितेन्द्र सिंहले १५ रन बनाए।

उता कप्तान जिशन मक्सुद शून्यमै आउट भए। त्यस्तै आयन खान २८ बलमा २९ रन बनाउँदै पबेलियन फर्किए।

अहिले ओमान २३ ओभर खेल्दै ५ विकेटको क्षतिमा १०४ को स्कोरमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .