कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत पाँचौं चरणको खेल जारी रहँदा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब जितविहीन भएका छन्।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मगंलबार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले पाएको अवसरको सदुपयोग गर्न सकेनन्।
५ मध्ये २ मा हार र ३ मा बराबरी गरेको शेर्पा ३ अंकसहित १२ औं स्थानमा यथावत छ। दुईमा बराबरी र ३ मा हार भोगेको फ्रेन्ड्स २ अंकमा १३औं स्थानमा छ।
लिगमा अपराजित मनाङमस्र्याङदी क्लव ११ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। मछिन्द्र १० अंकमा दोस्रो स्थानमा छ। सरस्वती युथ क्लवले भने खातै खोल्न सकेको छैन।
लिगमा बुधबार ब्रिगेड ब्वाईज र थ्रीस्टार तथा च्यासल र नेपाल पुलिस क्लव भिड्नेछन्। दुवै खेल दशरथ रगंशालामा हुनेछ।

प्रतिक्रिया