खेल


आरबीबी एनभीए च्याम्पियनसिप माघ पहिलो साता

आरबीबी एनभीए च्याम्पियनसिप माघ पहिलो साता

नेपालखबर
पुस २१, २०७६ सोमबार १०:५१,

आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप माघ पहिलो साता हुने भएको छ।

नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ ३ गते देखि १० गते सम्म हुने जनाएको हो। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हालमा हुनेछ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता रहने संघले जनाएको छ। महिलामा तीन विभागीय टोली (नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफ), न्यू डायमन्ड, जावलाखेल,ढोरपाटन, चितवन टाइग्रेस र गन्डकी प्रदेशको सहभागिता रहनेछ।

पुरुषमा तीन विभाग, हेल्प नेपाल, मणिमुकुन्द, नयाँ बजार, जावलाखेल, ढोरपाटन, काभ्रे जिल्ला, गण्डकी प्रदेश, आरजि भलिबल ग्रुप र पार्वती युवा क्लबले प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सहभागी क्लबले ३ जना विदेशी खेलाडी राख्न पाउनेछन्। प्रतियोगिताको गत संस्करण महिलातर्फ एपीएफ र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले जितेको थियो।

विजेताले उपाधिसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी महिला/पुरुषले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै दुवैतर्फका उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले समान १० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताका लागि २३ लाख रुपैयाँ खर्च हुने संघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad