ad ad

खेल


जनकपुरधाम मेयर कप प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर विजयी

जनकपुरधाम मेयर कप प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर विजयी

नेपालखबर
चैत २३, २०७९ बिहिबार १८:१, जनकपुरधाम

जनकपुरधाममा मेयर कप अन्तर्गत क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। 

जनकपुरधाम–१४ स्थित निर्माणाधीन श्रीराम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा शुरु भएको जनकपुरधाम मेयर कपको उद्घाटन खेलमा जनकपुर टिम विजयी भएको छ।

उद्घाटन खेलमा जनकपुरले महोत्तरीलाई ३२ रनले पराजित गर्यो। निर्धारित २० ओभरको खेलमा जनकपुरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको महोत्तरी ७ विकेटको क्षतिमा १ सय १५ रनमै सीमित भएको थियो। 

महोत्तरीका लागि सर्फराज अन्सारी २०, अभिषेक तिवारी १९ र विनोद सहनीले १४ रनको योगदान गरे। अन्य ब्याट्सम्यानहरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। 

महोत्तरीलाई सस्तैमा समेट्नका लागि जनकपुर टिमका कृष्णा कार्कीले घातक बलिंग गर्दै सर्वाधिक ३ विकेट लिन सफल भए। त्यस्तै आकाश राय, हरिशंकर साह र विक्रम यादवले १/१ विकेट लिएका थिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रनको स्कोर खडा गरेको थियो। जनकपुरका लागि हिमांशु दत्त र पर्शुराम यादवले २८/२८, शरद भेषवाकरले १७ रनको योगदान गरे। 

महोत्तरीका लागि विनोद सहनीले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, नितेस यादव, अभिषेक तिवारी, रमेश सहनी र नविन यादवले १/१ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .