रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस कोपा डेल रे को फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।
बिहीबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले उपहार गोलमा फाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो।
खेलको २६औँ मिनेटमा रियलका एडर मिलिटाओको आत्मघाती गोलमा बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो।
युरोपा लिगमा म्यानचेस्टर युनाइटेड र ला लिगामा अल्मेरियासँग हारेपछि बार्साको यो पहिलो जित हो।
खेलमा उपहार गोलबाट अग्रता बनाएको बार्सिलोनाले खेलमा कुनै गल्ती गरेन र खेल आफ्नो पक्षमा पार्न सफल भयो। खेलमा रियलले ६५ प्रतिशत बल पोजेसन बनाए पनि बार्सा सुरुवाती अग्रता जोगाउने प्रयासमा लागेको थियो।
सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले ५ अप्रिलमा सेमिफाइनलको दोस्रो लेग खेल्नेछ। नोउ क्याम्पमा हुने दोस्रो लेगमा बार्सिलोनाले घरेलु मैदानको फाइदा उठाउने प्रयासमा हुनेछ।
Shares
प्रतिक्रिया