ad ad

खेल


लिग २ : ब्याटर नचलेपछि यूएईसँग नेपाल ६८ रनले पराजित

लिग २ : ब्याटर नचलेपछि यूएईसँग नेपाल ६८ रनले पराजित

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १८:१७, काठमाडौँ

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ। 

५० ओभरको खेलमा सुरुमा ब्याटिङ गरेको यूएईले ८ विकेट क्षतिमा २०७ रनमात्र बनाएको थियो। 

२०८ रनको लक्ष्य पाएको नेपालले ३१.५ ओभरमा १३९ रनमात्र बनाउँदै सबै विकेट गुमाएको हो। 

आज कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरीजस्ता ब्याटर चल्न नसक्दा नेपालले लक्ष्य भेट्टाउन सकेन। 

कुशल भुर्तेलले ६ बलमा ५ रनमात्र बनाए भने आसिफ शेखले १६ बलमा १७ रन जोडेका थिए। 

त्यसपछि आएका ज्ञानेन्द्र मल्ल ६ बलमा शून्य रनमै आउट हुँदा कप्तान रोहित पौडेलले २ बल खेल्दै मैदान छाडे।  

त्यसपछि आएका कुशल मल्लले भने ५३ बलमा ६० रनको योगदान गरे। उनीपछि आएका आरिफ शेख १० बल खेलेर शून्य रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले २३ बलमा ७ रनमात्रै जोडे। 

नेपालका लागि गुल्सन झा र सोमपाल कामीले ४÷४ रनको योगदान गरे। करण केसी २० बलमा ५ रन बटुल्दा सन्दीप लामिछाने २४ बलमा २६ रन बनाउँदै नटआउट रहे। 

नेपालले अतिरिक्त ११ रन उपहार पाएको थियो। 

नेपाली ब्याट्सम्यानलाई सस्तैमा समेट्ने क्रममा यूएईका जुनाइद सिद्दिकले ६ ओभरमा ४० रन दिएर २ विकेट झारे। उनीबाहेक रोहन मुस्ताफा र कार्तिक मेइयाप्पनले ३÷३ विकेट झार्दा सबिल अली र जहूर खानले १÷१ विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .