ad ad

खेल


राष्ट्रिय कराँते प्रतियोगिताको अन्तिम दिन ५ स्वर्ण पदकको छिनोफानो

राष्ट्रिय कराँते प्रतियोगिताको अन्तिम दिन ५ स्वर्ण पदकको छिनोफानो

नेपालखबर
माघ २८, २०७९ शनिबार १९:८, काठमाडौँ

दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताको अन्तिम दिन ५ स्वर्ण पदकको छिनोफानो भएको हो। 

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा शनिबार सम्पन्न प्रतियोगिताको अन्तिम दिन शनिबार पुलिस क्लबले २ तथा एपिएफ क्लबले ३ स्वर्ण पदक जित्यो।  

तीन वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता पुलिसकी सुनिता महर्जन (६८ केजी मुनी) को तौल समूहमा र नविन रसाइलीले ६७ केजी तौल समूहमा स्वर्ण पदक जिते। 

बागमती प्रदेशकी विनिता श्रेष्ठलाई हराउँदै सुनिताले स्वर्ण पदक जितिन्। एपिएफकी डाएना ओझा र मधेश प्रदेशकी मोनिका मगरले कास्य पदक जिते। 

पुरुष ६७ केजी तौल समुहमा आर्मीका सन्नी चौलागाईलाई हराउँदै नविनले स्वर्ण पदक जिते। बागमतीका निमा शेर्पा र एपिएफका प्रतिक घर्तीमगर कास्य पदक जिते।  

एपिएफकी मनिषा चौधरीले ५५ केजी तौल समुहमा लुम्बिनी प्रदेशकी वर्षा बुढा मगरलाई हराउँदै स्वर्ण जितिन्। आर्मीकी सारदा सुनार र प्रदेश १ कि विद्याकला राईले कास्य पदक जिते। 

८४ केजी तौल समुहमा गण्डकी प्रदेशका विशाल थापालाई हराउँदै एपीएफका मोहमद शेखु आलमले स्वर्ण जिछे। पुलिसका स्वीकार राई र आर्मीका निकेश मानन्धरले कास्य पदक जिते। 

७५ केजी तौल समुहमा गण्डकी प्रदेशका सजोल बुढाथोकीलाई हराउँदै सुवाश घतानीले स्वर्ण पदक जिते। प्रदेश १ का रुरिहाङ धामी र पुलिसका आकाश मण्डलले कास्य पदक जिते।  

गोदावरी नगरपालिकाको आयोजनामा भएको कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव अन्तर्गत दोस्रो कृष्णप्रसाद भट्टराई स्मृती कराते प्रतियोगिता नेपाल कराते महासंघको प्रमुख डोजो ललितपुरले सञ्चालन गरेको थियो। तीन दिन सम्म सन्चालन भएको प्रतियोगितामा ७ प्रदेश, ३ विभागका खेलाडीले १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .