ad ad

खेल


विराट गोल्डकपको तयारी तीव्र

विराट गोल्डकपको तयारी तीव्र

नेपालखबर
माघ २५, २०७९ बुधबार १३:३७, काठमाडौँ

आगामी चैत दोस्रो साता सुरु हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ। 

प्रतियोगिताका लागि विराटनगरको सहिद रंगशाला मर्मतको काम भइरहेको छ। मैदानमा पानी हाल्ने, लेभलिङ र प्यारापिटको काम भइरहेको छ। 

प्रतियोगितामा यो पटक पुरस्कार रकम बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका कार्यकारी निर्देशक सुवाशीश कोइरालाले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न २ करोड ५० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ। 

राति फल्ड लाइटमा हुने प्रतियोगिता चैत ९ गतेदेखि सञ्चालन हुँदै छ। प्रतियोगितामा घरेलु टोली विराटनगर सिटी एफसीसहित ८ टोलीको सहभागिता रहनेछ। 

प्रतियोगितामा अहिलेसम्म संकटा क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्र र थ्रीस्टारको सहभागिता पक्का भइसकेको छ। प्रतियोगितामा यो पटक २ वटा विदेशी टोली टोली सहभागी हुने इभेन्ट म्यानेजर सरोज लम्सालले जानकारी दिए। 

विराट गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .