क्रिकेट एसोसिसन अफ नेपाल (क्यान) ले बलात्कार आरोपी सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा राखेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन्।
लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा राखेपछि तीव्र आलोचना भइरहेका बेला उनले लेखकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएका छन्।
‘क्यान अध्यक्षलाई फोनमा सोधेँ–खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नु पर्दैन?,’ शर्माले ट्विटरमा भनेका छन्, ‘खेलकुदमन्त्री प्रधानमन्त्री नै हुनुहुन्छ। ध्यानाकर्षण गराउँछु–कि सही भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौँ, हतारको गल्ती सच्याऊँ भन्नुस्। मौनता जिम्मेवार जवाफ हुन्न।’
`क्यान´ अध्यक्षलाई फोनमा शोधें- खेलको नियम पालनागर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?
खेलकुद मन्त्री @PM_nepal_ नै हुनुन्छ l ध्यानाकर्षण गराउँदछु- कि सहि भएको छ, बधाई दिनोस्, कि `यो प्रकरणमा पनि´ अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस् !
मौनता जिम्मेवार जवाफ हुन्न !!— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 3, 2023
प्रतिक्रिया