ad ad

खेल


एफ ए कपको चौथो चरणबाट बाहिरियो लिभरपुल

एफ ए कपको चौथो चरणबाट बाहिरियो लिभरपुल

नेपालखबर
माघ १६, २०७९ सोमबार ६:५५, काठमाडौँ

ब्राइटनसँग पराजित हुँदै लिभरपुल एफ ए कपको चौथो चरणबाटै बाहिरिएको छ। 

आइतबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग २–१ गोलअन्तरले पराजित हुँदै एफ ए कपबाट बाहिरिएको हो।

लिभरपुलले खेलमा सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन। खेलको ३० औँ मिनेटमा हार्भे एलिओटाको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। तर ३९ औँ मिनेटमा लेविस डकले गोल गर्दै ब्राइटनलाई बराबरीमा ल्याएका थिए। 

तर, दोस्रो हाफको अन्तमा जापानी मिडफिल्डर काओरु मिटोमाले गोल गर्दै ब्राइटनलाई पाँचौ चरणमा पुर्याउँदा लिभरपुल भने बाहिरियो।

आइतबार राति नै भएको खेलमा स्टेभेनेजलाई पराजित गर्दै स्टोक सिटी पाँचौं राउण्डमा पुगेको छ। स्टोकसिटीले स्टेभेनलाई ३–१ गोलको अन्तरले हराउँदै एफ ए कपको उपाधि दौडबाट पाखा लगाएको छ। 

गएराति कै अर्को खेलमा रेक्सह्याम र सेफिल्ड युनाइटेडले ३–३ गोलको बराबरी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .