खेल


हालान्ड चम्किएपछि लिड्सविरुद्ध म्यानचेस्टर सिटीको सहज जित

हालान्ड चम्किएपछि लिड्सविरुद्ध म्यानचेस्टर सिटीको सहज जित

नेपालखबर
पुस १४, २०७९ बिहिबार ८:३४, काठमाडौँ

फरवार्ड एर्लिङ हालान्ड चम्किएपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिड्सविरुद्ध सहज जित प्राप्त गरेको छ। 

बुधबार राति भएको खेलमा सिटीले घरेलु टोली लिड्सलाई ३–१ गाेल अन्तरले हराएको हो। 

सिटीको जितमा हालान्डले दुई तथा रोड्रीले एक गोल गरे। लिड्सका पास्कल स्ट्रुजिकले एक गोल गरे। 

पहिलो हाफमा १–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा २ गोल थप्यो। 

पहिलो हाफको इन्ज्युरी समयमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको ५१औँ मिनेटमा हालान्डले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। 

६४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले अग्रता फरािकलो पार्‍यो। ७३औँ मिनेटमा पास्कलले एक गोल फर्काए। 

जितसँगै १५ खेलबाट ३५ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाटै ४० अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ। एक खेल बढी खेलेको न्युक्यासल ३३ अंकमा तेस्रो स्थानमा झरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad