ad ad

खेल


फारवेस्ट युनाइटेडसँग काठमाडौं नाइट्स ४ विकेटले पराजित

फारवेस्ट युनाइटेडसँग काठमाडौं नाइट्स ४ विकेटले पराजित

नेपालखबर
पुस ११, २०७९ सोमबार १२:१४, काठमाडौँ

कप्तान हस्मतुल्लाह शाहिदीको अर्धशतक मद्दतमा फारवेष्ट युनाइटेडले नेपाल टी–२० लिग अन्तर्गत सोमबारको पहिलो खेलमा काठमाडौ नाइट्सलाई ४ विकेटले पराजित गरेको छ। 

लिगमा फारवेष्टले पहिलो जित दर्ता गर्दा काठमाडौंले पहिलो हार व्यहोरेको छ। जितसँगै फारवेष्ट चौथो स्थानमा उक्लेको छ। 

काठमाडौ नाइट्सले दिएको ९९ रनको लक्ष्य फारवेष्ट युनाइटेडले ५ बल अगावै ६ विकेट गुमाएर भेट्टायो। 

फारवेष्टका कप्तान हस्मतुल्लाह शाहिदी ५० रनमा नटआउट रहे। उनले ४८ बलमा ३ चौका र २ छक्का हान्दै अर्धशतक पुरा गरे। ओपनर देव खनालले १७ तथा भिम सार्कीले ११ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

काठमाडौका अनिल खरेलले २ विकेट झारे। अज्मतुल्लाह ओम्जाई, रायन वर्ल, बसिर अहमद र अविनास बोहोराले समान एक विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युनाइटेडले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९८ रनको योगफल तयार पारेको थियो। 

काठमाडौका एलेक्स ब्लेकले बनाएको ४५ रनमा नटआउट रहे। उनले ३७ बलमा ५ चौका र एक छक्का हाने।  कप्तान ज्ञानेन्द्र मल्लले १३ र सन्तोष कार्कीले १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

फारवेष्टका लागि उमैर अली एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा १५ रन खर्चे। भुवन कार्की, हस्मतुल्लाह शाहीदीले समान २ विकेट झारे। शेर मल्लले एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .