ad ad

खेल


पारस र रोहन चम्केपछि बुटवललाई चितवन राइनोजको विशाल चुनौती

पारस र रोहन चम्केपछि बुटवललाई चितवन राइनोजको विशाल चुनौती

नेपालखबर
पुस ३, २०७६ बिहिबार ८:०,

रोहन मुस्ताफा र कप्तान पारस खड्का चम्केपछि चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा बुटवल ब्लास्टर्सलाई २ सय ४ रनको विशाल चुनौती प्रस्तुत गरेको छ।

पोखरा रंगशालामा बुटवल ब्लास्टर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३ रनको विशाल योगफल तयार पारेको हो।

चितवनले बनाएको यो योगफल पीपीएल क्रिकेटकै सर्वाधिक विशाल लक्ष्य हो। गत सिजन पोखराले विराटनगरविरुद्ध बनाएको १ सय ९७ रन सर्वा्धिक ठुलो स्कोर रहेको थियो।

चितवनको उच्च योगफलमा पारस खड्का र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले। रोहन मुस्ताफा ७० रनमा नटआट रहेको ईनिङस्मा कप्तान खड्काले ६३ रन जोडे। मुस्ताफाले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। खड्काले ४० बलमा ६ चौका र २ छक्का हाने। आरिफ शेखले ४० रन बनाए। सन्नी पटेल ४ रानमा नटआउट रहँदा बाबर हायातले १ रन जोडे।

बुटवलका लागि अफ्ताबुद्दीन अहमेदले २ तथा अविनास बोहराले १ विकेट लिए। १ ओभर बलिङ गरेका हरि चौहानले १६ रन खर्चे।

प्रतियोगितामा दुवै टिम अपराजित रहेका छन्। पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो। यस्तै, बुटवलले काठमाडौं गोल्डेनविरुद्ध सुपर ओभरमा रोमान्चक जित निकालेको थियो।

दुई टोलीले तालिकामा समान २ अंक जोडेका छन्। रन रेटको अन्तरले चितवन शीर्ष स्थानमा रहँदा बुटवल चौथो स्थानमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .