ad ad

खेल


मैत्रीपूर्ण खेलका लागि काठमाडौं आइपुग्यो पाकिस्तानी फुटबल टोली

मैत्रीपूर्ण खेलका लागि काठमाडौं आइपुग्यो पाकिस्तानी फुटबल टोली

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार ८:२२, काठमाडौँ

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ। 

नेपालले दशरथ रंगशालामा बुधबार पाकिस्तानसँग खेल्दै छ। खेल साँझ ५ बजे सुरु हुनेछ। 

गत असोज ११ गते बगलादेशसँग मैत्रीपुर्ण खेलपछी नेपालले पाकिस्तानसँग खेल्न लागेको हो। 

उता पाकिस्तान भने नेपालसँग खेल्दै अन्तराष्ट्रिय फुटबलमा पुनरागमन गर्दै छ। 

पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि रोहित चन्दको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा भइसकेको छ। प्रशिक्षक प्रवेश कटुवालले टोलीलाई प्रशिक्षण दिईरहेको छ। 

नियमीत कप्तान तथा गोलरक्षक किरण चेम्जोङ भारतिय आइलिगमा व्यस्त रहेकाले उनी पाकिस्तानसँगको खेलमा उपस्थित हुनेछैनन्। 

पाकिस्तानसँगको खेलको लागि एन्फाले साधारण प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजार र भिभिआइपीतर्फ ५ हजार रुपैयाँ टिकट मूल्य तोकेको छ। टिकट खरिद गर्नेमध्ये १ जना भाग्यशाली विजेताले विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुपनको खेलको टिकट दिइने एन्फाले जनाएको छ।  

नेपाली टोली 
गोलरक्षकः विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु

डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निसान खड्का

मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आवास लामिछाने

फरवार्डः अन्जन विष्ट, विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, रितिक खड्का, सुजल श्रेष्ठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .