खेल


बसन्त गौचन फुटबल एकेडमी सञ्चालनमा

बसन्त गौचन फुटबल एकेडमी सञ्चालनमा

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार २०:३४, काठमाडौँ

पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनले पोखरामा फुटबल एकेडेमी सन्चालनमा ल्याएका छन्। 

दुई दशक देखि जापानलाई कर्मथलो बनाउदै आएका वसन्तले आफ्नो गृह जिल्लामा आफ्नै नाममा खोलेको बसन्त गौचन (बीजी) फुटबल एकेडेमी शनिबार देखि सन्चालनमा आएको हो। 

३ महिना अघिदेखि एकेडेमीमा प्रशिक्षण दिन सुरु गरे पनि शनिबार यसको औपचारिक उद्घाटन गरिएको थियो। पोखरा महानगरपालिका वडा नम्बर २७ रिठेपानीमा रहेको एकेडेमी १५ रोपनी जग्गामा फैलिएको छ। दिनको २ सय जनालाई प्रशिक्षण दिन सकिने एकेडेमीको निर्देशकमा एन्फा प्रशिक्षक राजेन्द्र तामाङ, मुख्य प्रशिक्षकमा शम्भु केसी राखिएको छ।

नेपालको यू १६, यू २३ हुदैं बसन्त गौचन सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदबाट चम्किएका थिए। त्यसको लगत्तै जापान लागेका उनले जापानको फनरुट्स फुटबल एकेडेमीमा प्रशिक्षण दिदैं आएका छन्। हाल उनले टोकियोकै चोफुओच्का सकर क्लबको युथ टोली सम्हाल्दै आएका छन्। 

अध्यक्ष गौचनले आफुले नेपालबाट उमेर समूह देखि राष्ट्रिय टोलीसम्म खेले पनि युवा फुटबलको वास्तविक अर्थ जापान पुगेपछि मात्र थाहा पाएको बताए। जापानमा ४ वर्ष देखि बच्चालाई प्रशिक्षण दिने र १२ वर्ष देखि एक्सपोज गराउने गरेकाले नेपालमा पनि यो मोडल अपनाउन जरुरी भएको महसुश गरेर एकेडेमी सन्चालनमा ल्याइएको बताए। 

एकेडेमीका अध्यक्ष गौचनले भविष्यमा फनरुट्ससहित जापानका विभिन्न एकेडेमी तथा जर्मनीको जुगेन्ड फुटबल एकेडेमी, कोलोनसँग द्धिपक्षीय सम्बन्ध विस्तारका लागि सम्झौता भइसकेको बताए। पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवंम पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईले नेपाली खेलकुदको निराशाका कारण गौचन जापान लाग्नु परेको जनाउदै तर विदेशमा दुखः गरेर उनले स्वदेशको फुटबलमा सहयोग गर्न आएकाले एकेडेमीलाई सबैले मिलेर सहयोग गर्नु पर्ने जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad