ad ad

खेल


टी–२० विश्वकप : इंग्ल्यान्डलाई भारतले दियो १६९ रनको लक्ष्य

टी–२० विश्वकप : इंग्ल्यान्डलाई भारतले दियो १६९ रनको लक्ष्य

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १५:२४, काठमाडौँ

भारतले आइसीसी टि–२० विश्वकपको दोस्रो सेमिफाइनलमा इङल्याण्डसामु १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

अष्ट्रेलियाको एडिलेडमा इल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रनको योगफल तयार पारेको हो। 

चौथो विकेटका लागि विराट कोहली र पाण्ड्याले ६१ रनको साझेदारी गरे। कोहलीले ३९ बलमा ४ चौका र १ छक्का मद्धतमा अर्धशतक पुरा गरे।

हार्दिक पाण्ड्याले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ३३ बलमा ४ चौका र ५ छक्का हाने।आक्रमक ब्याटिङ गरेका हार्दिकले २९ बलमा ३ चौका र ४ छक्का हान्दै अर्धशतक पुरा गरे। 

ओपनर के एल राहुल ५ रनमा आउट भए। कप्तान रोहित शर्मा २७ रनमा पवेलियन फर्के। २८ बलको सामना गरेका राहुलले ४ चौका हाने। सुर्य कुमार यादवले १० बलमा १ छक्का र १ चौका हान्दै १४ रनमा आउट भए।  रिसभ पन्त ६ रनमा रन आउट भए। 

इङल्याण्डका क्रिस जोर्डनले ३ विकेट झारे। क्रिस वेक्स, अदिल रसिदले समान एक विकेट झारे। 

भारत समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। इङल्याण्ड समुह बी को उपविजेता बन्दै अन्तिम ४ को यात्रा तय गरेको थियो। ८ वर्षपछि फाइनल खेल्ने योजनामा रहेको भारत १५ वर्षपछि टि–२० विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ। 

भारतले सन् २००७ मा उपाधि उचालेको थियो। सन् २०१४ को फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। 

सन् २०१० को च्याम्पिनय इंग्ल्यान्ड दोस्रो पटक उपाधि जित्न चाहान्छ। सन् २०१६ को फाइनलमा उपाधि नजिक पुगेको वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो।  

आजको खेलको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ। पहिलो सेमिफाइनल खेलमा पाकिस्तान न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .