खेल


टी२० विश्वकप : पाकिस्तानलाई बंगलादेशले दियो १२८ रनको लक्ष्य

टी२० विश्वकप : पाकिस्तानलाई बंगलादेशले दियो १२८ रनको लक्ष्य

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार ११:३८, काठमाडौँ

आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेशका लागि पाकिस्तानले १२८ रनको लक्ष्य पाएको छ। 

एलेलेडस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२७ रनको योगफल तयार पारेको हो। 

दोस्रो विकेटका लागि सौम्य सरकार र नजमुल हुसेन सान्टोले ५२ रनको साझेदारी गरे। सौम्य सरकार २० रनमा पवेलियन फर्किए। ओपनर नाजमुल ५४ रनमा आउट भए। पाकिस्तानका लागि शाहिन शाह अफ्रिद्रीले ४ विकेट लिए। 

सेमिफाइनल प्रवेशका लागि दुवै टोलीलाई जितको खाँचो छ। 

आजको खेल दुवै टोलीका लागि गर या मरको अवस्थामा छ। आजको खेलमा जुन टोलीले जित निकाले पनि अन्तिम ४ मा स्थान बनाउनेछ। सम्ुह बी मा रहेको भारतले यसअघि नै अन्तिम ४ मा स्थान पक्का गरिसकेको छ। 

समूह बी को दोस्रो स्थानमा साउथ अफ्रिका भएपनि एक खेल कम खेलेका पाकिस्तान र बंगलादेशको विजेता टोली अघिल्लो चरणमा पुग्नेछ। ४ खेलबाट ४ अंक बनाएको पाकिस्तान तेस्रो स्थानमा छ। भने बगंलादेशले समान खेलबाट ४ अंक भएपनि नेट रन रेटको आधारमा पाँचौ स्थानमा छ। 

तर आजको खेल जिते बगंलादेश पनि सेमिफाइनल पुग्नेछ। समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ। 

यता समूह ए बाट न्युजिल्याण्ड र इंग्‍ल्याण्डले अन्तिम चारको यात्रा तय गरिसकेका छन्। समान अंक भए पनि अष्ट्रेलिया नेट रनरेटमा पछि पर्दै बाहिरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .