ad ad

खेल


बंगलादेशविरुद्ध खेल्न नेपाली टोली तयार, नवयुगबारे प्रशिक्षकले यसो भने

बंगलादेशविरुद्ध खेल्न नेपाली टोली तयार, नवयुगबारे प्रशिक्षकले यसो भने

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०७९ आइतबार १५:५२, काठमाडौँ

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आज फाइनल चरणको अभ्यास गरेको छ।

आइतवार टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो। 

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि चार गोलरक्षकसहित २३ सदस्यीय टोली घोषणा गरेका छन्।

उनले गोल रक्षकमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथू र दीप कार्कीलाई रोजेका छन्। 

रक्षकमा रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल र रेजिन धिमाल रोजाइमा परेका छन्। 

मिडफिल्डरमा सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी र एरिक विष्ट पर्दा स्ट्राइकरमा विमल घर्तीमगर, अञ्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी समेटिएका छन्। 

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतवार भएको अन्तिम अभ्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रशिक्षक हुमागाईंले अभ्यास राम्रो भइरहेको बताए। 

उनले बंगलादेश पछिल्लो समय मजबुत बन्दै गएकाले उसलाई पराजित गरेर दशैँको अग्रिम शुभकामना दिने लक्ष्यमा नेपाली राष्ट्रिय फुटबल टिम रहेको बताए।

उनले नेपाली खेलाडीले लामो समयपछि खेल खेल्दै गरेको उल्लेख गर्दै राम्रो खेल मैदान नहुँदा केही समस्या परेको बताए। उनले लामो समय खेल नहुँदा खेलाडीलाई फिट हुन केही समस्या भएको बताए।

बंगलादेशसँगको खेलमा नेपाल राम्रो नतिजा दिने मनशायले खेल्ने उनले बताए। नेपाली फुटबललाई नयाँ मार्गमा लैजाने बेलामा आफू नेपाली फुटबल टिमको नेतृत्व गर्न आइपुग्नु गर्वको कुरा भएको उनले बताए। 

अहिले डेंगुको समस्या रहेका कारण पनि खेलाडी बिरामी हुने हुने चिन्ता भएको बताएका छन्। 

यता खेलाडी नवयुग श्रेष्ठले नेपाली प्रशिषकले आफूलाई राष्ट्रिय टोलीमा नराखेकोप्रति असन्तुष्टि जनाएका थिए। 

कुवेतमा भएको एएफसी एशियन कपका लागि नेपालको कप्तानी गरेका नवयुग टिममा नपर्दा धेरैले आश्चर्य प्रकट गरेका थिए। 

नवयुगले आफू टिममा नपरेपछि सामाजिक सञ्जालमार्फत नै असन्तोष व्यक्त गरेका थिए। नवयुग मात्रै होइन, सोही भ्रणममा टोलीको

कप्तानीको मौका पाएका मनाङ मस्र्याङ्दी क्लवका मिडफिल्डर पुजन उपरकोटी पनि हुमागाईंको रोजाइमा पर्न सकेनन्। 

तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ११ खेलाडीबीच विवाद भएपछि नवयुग र पुजनलाई कप्तानीको मौका दिएका थिए। 

त्यतिबेला अल्मुताइरीसँगको विवादपछि राष्ट्रिय टोलीको प्रशिक्षणबाट बाहिरिएका १० खेलाडी र माल्दिभ्समा रहेका किरण चेम्जोङबाहेकको राष्ट्रिय टोलीको घोषणा गरिएको थियो। 

तर प्रशिक्षक हुमागाईंले भने एडप्टका कारण नवयुग श्रेष्ठ, भरत, अभिषेक लगायतका केही राम्रा खेलाडीहरुलाई पनि टिममा समावेश गर्न नसकिएको बताए। 

उनले टिममा नयाँ खेलाडीहरु पनि रहेकाले बंगलादेशसँगको खेलबाट उनीहरुले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्नसक्ने सम्भावना रहेको बताए। 

उनले ४ जना किपरलाई राखेकोबारे पनि स्पष्टीकरण दिए। उनले केही खेलाडीहरु राम्रोसँग अभ्यास गर्ने र मिहिनेत गरेर खेल्ने भएका कारण ४ जना किपर राख्नुपरेको बताए। उनले हार्डवर्क, टिमवर्कका कारण उनीहरुलाई हटाउने ठाउँ नरहेको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .