ad ad

खेल


भलिबल संघको अध्यक्षसहित ११ सदस्यका लागि २८ जनाबीच प्रतिस्पर्धा

भलिबल संघको अध्यक्षसहित ११ सदस्यका लागि २८ जनाबीच प्रतिस्पर्धा

नेपालखबर
भदौ २२, २०७९ बुधबार २२:१, काठमाडौँ

नेपाल भलिबल संघको आगामी कार्यसमितिका लागि अध्यक्ष र महासचिव र ११ सदस्य पदका लागि २२ जनाबीच स्पर्धा हुने भएको छ। 

संघको काठमाडौंमा जारी साधारणसभामा अध्यक्ष र महासचिवसँगै उपाध्यक्ष (बागमती), कोषाध्यक्ष र सचिव (लुम्बिनी र प्रदेश १) मा (२–२) – दुई जनाबीच निर्वाचन हुने भएको छ। ११ सदस्य पदका लागि २२ जनाको उम्मेदवारी परेको छ। अहिले मतदान प्रक्रिया चलिरहेको छ।

अध्यक्ष पदका लागि निरोज मास्के र जितेन्द्र बहादुर चन्दबीच प्रतिस्पर्धा हुनेछ। महासचिवमा चन्द प्यानलबाट रोशन कुमार श्रेष्ठ र मास्के प्यानलबाट मनविर छन्त्यालबीच स्पर्धा हुनेछ।

कोषाध्यक्षमा श्याम कृष्ण श्रेष्ठ र रिता कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ। 

११ सदस्यको लागि सदस्यमा २२ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेमा राज बहादुर खड्का, कुमार राई, दीपक लामा, राज कुमार गुरुङ, अन्जु श्रेष्ठ, ईश्वर बहादुर शाही, बाँच बहादुर रावत, छल कुमारी छन्त्याल, जुनु पुन मगर, दिनेश श्रेष्ठ, गंगा थापा श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, रामा शंकर चौधरी, चन्द्र वदना राई, अशोक काजी थापा, सुदर्शन जमरकट्टेल, राम बहादुर खड्का, जय कुमार श्रेष्ठ, थर्क कुमार चोमवाङ, योगेन्द्र सुवेदी, श्याम कुमार आचार्य र प्रवीण श्रेष्ठ रहेका छन्। 

उपाध्यक्षमा बागमती प्रदेश बाहेक अन्य ६ प्रदेशबाट निर्विरोध निर्वाचित भएका छन्। 

याम बहादुर गुरुङ (गण्डकी), उपेन्द्र कुमार यादव (मधेश प्रदेश), हर्क सिंह धामी (सुदूरपश्चिम), भरत बहादुर शाह (कर्णाली), मदन खड्का (प्रदेश १) र भिम ओली (लुम्बिनी) बाट उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।  बागमती प्रदेशबाट उपाध्यक्षमा गौतम प्रसाद लासिवा र ज्योति केसीबीच प्रतिस्पर्धा हुने भएको छ  

सचिवमा सोम बहादुर श्रेष्ठ (मंगल) (कर्णाली), महम्मद फिरोज (मधेश), श्रीधर शर्मा (गण्डकी), गणेश सिंह ठगुन्ना (सुदूर) र सुनकेशरी माली (बागमती) प्रदेशबाट निर्विरोध निर्वाचित भए। 

झक बहादुर मिदुन र दीपक जिएमबीच लुम्बिनी प्रदेश तथा विनोद सुवेदी र विश्वराज धिमालबीच प्रदेश १ को तर्फबट सचिव पदमा निर्वाचन हुने भएको छ। बागमतीका श्रीराम बोगटीले उम्मेदवार फिर्ता लिए। 

यस्तै चुडा कुमारी खड्का र राजेश कार्कीले सदस्य पदबाट आफ्नो नाम फिर्ता लिएका छन्। 

४१ सदस्यीय कार्यसमितिमा अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ सचिव र ११ सदस्य गरी २८ जना निर्वाचित हुनेछन्। बाँकी १३ मध्ये १२ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ।

१ जना पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन्। निर्वाचनमा १ सय ३६ जना मतदाता रहेपनि यसपटक १३० जनाले मतदान गर्न पाउनेछन्।

७७ वटै जिल्लाबाट ७७ जना, सात प्रदेशबाट १४ जना, हालको केन्द्रीय कार्यसमितिबाट ३९ जना रहेपनि तीन जना राखेपका कर्मचारी रहेकाले मत हाल्न पाउने छैनन्।

रेफ्री कमिसनबाट १ र राष्ट्रिय खेलाडी (पुरुष र महिला) र तीन क्लब (ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र, न्यू डायमण्ड युथ स्पोर्टस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र) ले संघको निर्वाचनमा मताधिकार पाएका छन्।

विवादका कारण बागमती प्रदेशले भने मताधिकार गुमाएको छ। संघका पुर्व अध्यक्ष दान बहादुर तामाङ अनुपस्थित छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .