ad ad

खेल


एसिया कपमा श्रीलंकामाथि अफगानिस्तानको शानदार जित

एसिया कपमा श्रीलंकामाथि अफगानिस्तानको शानदार जित

नेपालखबर
भदौ १२, २०७९ आइतबार ७:२८, काठमाडौँ

एसिया कपअन्तर्गत शनिबार भएको खेलमा श्रीलंकामाथि अफगानिस्तानले ८ विकेटको शानदार जित हात पारेको छ।

शनिबारको खेलमा पहिला ब्याटिङ गरेको श्रीलंका १९ ओभर ४ बल खेल्दै १०५ रनमा समेटिएको थियो। श्रीलंकाको लागि भानुका राजपाक्षले ३८ र चमिका करुणरत्नेले ३१ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। 

अफगानिस्तानका लागि फजल्हक फरुकीले ३ विकेट लिए भने मुजीब उर रहमान र मोहम्मद नाबीले २/२ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले १० ओभर १ बल खेल्दै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

अफगानिस्तानका रहमानुल्लाह गुर्वाजले ४० तथा हजरातुल्लाह जाजाइले अविजित ३७ रनको पाली खेलेका थिए। 

एसिया कपमा आज भारत र पाकिस्तानबीचको खेल हुँदै छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .