ad ad

खेल


लिभरपुलले निकाल्यो सिजनको पहिलो जित, बर्नमाउथको पोस्टमा ९ गोल

लिभरपुलले निकाल्यो सिजनको पहिलो जित, बर्नमाउथको पोस्टमा ९ गोल

नेपालखबर
भदौ ११, २०७९ शनिबार २१:५९, काठमाडौँ

यो सिजन पनि उपाधि दाबेदार मानिएको लिभरपुलले इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा बर्नमाउथमाथि गोलबर्षा गरेको छ। 

एक पक्षीय जित निकाल्ने क्रममा लिभरपुलले बर्नमाउथलाई ९-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

लिभरपुलले गोलबर्षा गरेको खेलमा लुइस डियाज र रोबर्टो फिर्मिन्होले समान २-२ गोल गर्न सफल भए।

लिभरपुलका लागि ट्रेन्ट एलेक्सजेण्डर आर्नोल्ड, हार्भे इलियोट, भिर्गिल भान डाइक र फाबियो कार्भाल्होले पनि व्यक्तिगत एक-एक गोल गर्न सफल भए। अर्को एक गोल बर्नमाउथका क्रिस मेपहमले आत्मघाती उपहार दिए। 

सिजनको सुरुका दुई खेल बराबरी खेलेको लिभरपुल तेस्रो खेलमा म्यानचेस्टर युनाइटेडसँग २-१ ले पराजित भएको थियो। तर चौथो खेलमा कमब्याक गर्दै लिभरपुलले बर्नमाउथमाथि एकपक्षीय नतिजा निकालेको हो। 

फराकिलो जितका क्रममा लिभरपुलले पहिलो हाफमा ५ र दोस्रो हाफमा तीन गोल गरेको थियो। 

लिभरपुलका लागि खेलको तेस्रो मिनेटमा डियाजले गोलको खाता खोले। तेसपछि खेलको छैटौँ मिनेटमा इलियोटले गोल गरे।

पहिलो हाफको २८ औँ मिनेटमा आर्नोल्डले गोल गरेपछि लिभपरपुल ३-० ले अघि बढ्यो। लिभरपुल रोकिन तयार थिएन, ३१ औँ मिनेटमा फिर्मिन्होले गोल गरेर ४-० अग्रता दिलाए। 

त्यसपछि खेलको ४५ औँ मिनेटमा डिफेन्ड भान डाइकले पनि गोल गरे। यससँगै लिभरपुलको अग्रता ५-० पुग्यो।

दोस्रो हाफको सुरुमै क्रिसले आत्मघाती गोल गरेपछि लिभरपुलले ६-० को अग्रता बनायो।

त्यसपछि ६२ औँ मिनेटमा लिभरपुलका लागि फिर्मिन्होले अर्को गोल थप्दै अग्रता ७-० मा पुर्‍याए। 

लिभरपुलको गोलबर्षा जारी थियो। खेलको ८१ औँ मिनेटमा कार्भाल्होले गोल गरेपछि अग्रता ८-० भयो।

खेलको ८५ औँ मिनेटमा लुइस डियाजले अर्को गोल गरेपछि लिभरपुलले ९-० गोलन्तरको फराकिलो जित दर्ता गर्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .