तर सन् २०१९ को बालुन डि’ओर जित्न भने मेस्सीभन्दा लिभरपुलका डिफेन्डर भान डाइभ योग्य भएको उनले धारणा राखे।
आगामी डिसेम्बर महिनामा बालुन डि’ओर अवार्ड हस्तान्तरण हुँदैछ। मेस्सी र भान डाइक दुवै यस अवार्डको मनोनयनमा परेका छन्।
यसवर्ष मेस्सीले फिफा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड हातपार्दा भान डाइकले यूइएफए वर्ष खेलाडीको उपाधि हात पारे थिए।
क्लुपका नजरमा उनका खेलाडी भान डाइकले गतवर्ष मेस्सीभन्दा उत्कृष्ट खेल प्रदर्शन गर्न सकेको थिए।

क्लुप
‘यदी बालुन डि’ओर यस पुस्ताकै उत्कृष्ट खेलाडीलाई दिने भए अवार्ड मेस्सीलाई दिए हुन्छ।’ क्लुप भन्छन्,‘तर बालुन डि’ओर गत सिजनको उत्कृष्ट खेलाडीलाई दिनेभए भान डाइकको विकल्प छैन।’
उनका नजरमा मेस्सी यस पुस्ताका सबैभन्दा राम्रा खेलाडी हुन्। तर गत सिजनको मात्र हिसाब गर्दा भान डाइकले मेस्सीलेभन्दा राम्रो खेलेको क्लुपको धारणा छ।
मेस्सी छैठौं बालुन डि’ओरको पर्खाइमा छन् भने भान डाइक आफ्नो पहिलो बालुन डि’ओरको पर्खाइमा छन्। गोलडटकम

प्रतिक्रिया