आबुधावीमा जारी टी १० क्रिकेट लिगमा नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेको टिम कर्नाटका टस्कर्स र मराठा अरबियन्स बीचको खेल बर्षाका कारण रद्द भएको छ। खेल रद्द भएपछि दुबै टिमले एक एक अंक बाढेका छन्।
सन्दीपले मराठा अरबियन्स विरुद्ध एक विकेट लिए। उनले दुई ओभरमा २५ रन दिएर एक विकेट लिएका हुन्। उनकाे टिमले १० ओभरमा ४ विकेट गुमाएर एक सय २९ रन बनाएकाे थियाे। पहिलो इनिङ्स सकिएपछि भारी बर्षाका कारण खेल रद्द भएको हो।
जारी प्रतियोगितामा उनको यो चौथो विकेट हो। यसअघि उनले पहिलो खेलमा एक र दोस्रो खेलमा दुई विकेट लिएका थिए। तेस्रो खेलमा भने सन्दीप विकेट विहीन भएका थिए।

प्रतिक्रिया