ad ad

खेल


अलमुताइरी भन्छन्ः दुई कुराले नेपाल नफर्किने मेरो मानसिकता बदलियो

अलमुताइरी भन्छन्ः दुई कुराले नेपाल नफर्किने मेरो मानसिकता बदलियो

लक्ष्मी जि.सी
कात्तिक १०, २०७८ बुधबार १७:१५, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अबको २/३ महिनाभित्र फेरि नेपाल फर्किँदै छन्। 

यसअघि कहिल्यै नेपाल नफर्किने बताएका उनले बुधबार सामाजिक सञ्जालमार्फत आफू नेपाल फर्किने पुष्टि गरेका हुन्।  

साफ च्याम्पियनसिप सकिएलगत्तै विदा मनाउन कतार हानिएका उनलाई फुटबल प्रशिक्षणमा पुनः फर्काउन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले त्यहीँ पुगेर आग्रह गरेका थिए। 

यहीबीचमा उनलाई अन्य देशबाट पनि राम्रै अफर आएको अलमुताइरीले नेपालखबरसँगको यसअघिको कुराकानीमै खुलाएका थिए। 

तर बुधबार भने आफू दुई कारणले नेपाल फर्किन लागेको उनले बताए।  

के–के हुन् त ती दुई कारण?  

उनले भने, ‘एउटा नेपालीले मलाई दिएको माया र अर्को कर्माजी र कतार फुटबल एसोसिएसनबाट आएको हरकुरामा सघाउने प्रतिबद्धता।’

आफू र आफ्नो परिवारको लागि अन्य देशबाट अत्यन्त राम्रो अफर आएको पनि उनले दोहोर्याए। 

नेपालखबरसँग उनले भने, ‘मलाई अन्य देशबाट पनि राम्राे अफर आएको थियो। तर यही दुई कुराले मात्र मैले नेपाल फर्किने निर्णय गरेँ।’ 

नेपाली समर्थकबाट राम्रै साथ र सहयोग पाएका उनी यसैलाई नेपाल फर्किनुको कारण बताउँछन्। 

‘नेपाली समर्थकले मलाई देखाएको माया झूटो हैन’, उनले थपे, ‘यो मायालाई कुनै पैसाले किन्न सकिन्न। त्यसैले मैले नेपालसँग नै सम्झौता गरेँ।’ 

त्यस्तै एन्फा अध्यक्ष शेर्पा र कतार फुटबल एसोसिएसनका अध्यक्षसँगको भेटबाट पनि नेपाल फर्किन लालायित भएको उनले बताए। 

‘उहाँहरुले मेरो काममा हरतरहको सहयोग गर्ने वाचा गर्नुभएको छ, त्यसैले पनि नेपाल फर्किने निर्णय गरेँ।’ 

अलमुताइरीले एन्फासँग थप तीन वर्षको लागि नयाँ सम्झौता गरेका हुन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष शेर्पा, कतार फुटबल एसोसिएसन र अलमुताइरीबीच भएको छलफलपछि अलमुताइरी थप ३ वर्ष नेपाल रहने सम्झौता भएको हो।  

नयाँ सम्झौता अनुसार उनले अबको ३ वर्ष नेपाली टोलीको प्रशिक्षण सम्हाल्नेछन्। 

उनले आगामी २ वर्षका लागि आफ्ना योजनाहरु केही दिनमा सार्वजनिक गर्ने बताए।

याे पनि-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .