एभरेष्ट प्रिमियर लिग (इपीएल) को दोस्रो क्वालिफायरमा पोखरा राइनोजविरुद्ध भैरहवा ग्लाडियर्टस्ले पहिले ब्याटिङ गर्ने भएको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि भैरहवाले ब्याटिङ गर्ने भएको हो।
आजको खेलमा पोखराले दुई खेलाडी परिवर्तन गरेको छ। भने भैहरवाले एक खेलाडी परिवर्तन गरेको छ।
पहिलो क्वालिफायर खेलमा चितवन टाइगर्ससँग ९ विकेटले पराजित भएको पोखराले फाइलनमा स्थान बनाउन दोस्रो मौका पाएको हो।
उता एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलाभेनलाई १६ रनले हराएको भैरहवाले दोस्रो क्वालिफायर खेल्न लागेको हो।
आजको खेलको विजेताले इपीएलको चौथों संस्करणको उपाधिका लागि चितवनसँग खेल्नेछ। चितवन पहिलो पटक इपीएलको फाइनलमा पुगेको हो।
33
Shares
प्रतिक्रिया