खेल


एभरेष्ट प्रिमियर लिग : चितवन टाइगर्सले पहिले वलिङ गर्ने

एभरेष्ट प्रिमियर लिग : चितवन टाइगर्सले पहिले वलिङ गर्ने

नेपालखबर
असोज १४, २०७८ बिहिबार ९:३२, काठमाडौँ

एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज (बिहीबार) हुने पहिलो खेलमा चितवन टाइगर्सले पहिले बलिङ गर्ने भएको छ। 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन टाइगर्सले टस जितेर बलिङ रोजेपछि काठमाडौँ किंग्स इलाभेनले पहिले ब्याटिङ गर्न लागेको हो।

काठमाडाँै र चितवन दुवै टोली दोस्रो जितको खोजीमा मैदान उत्रनेछन्। 

काठमाडौँ सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिनेछ भने चितवनको कमानी सोमपाल कामीले गर्नेछन्। 

काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गरेको थियो। उता चितवनले भने विराटनगर वारियर्समाथि २ विकेटको जित निकालेको थियो। 

आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स भिड्नेछन्। 

खेल सोही मैदानमा दिउँसो साढे १ बजे हुनेछ। भैरहवा दोस्रो जितको खोजीमा हुँदा ललितपुर पहिलो जितको लागि मैदान उत्रँदै छ।

भैरहवाको कप्तानी शरद भेषवाकरले गर्नेछन्। बुधबार भएको पहिलो खेलमा विराटनगर वारियसलाई ६ विकेटले हराएको भैरहवाले पहिलो खेलमा पोखरा राइनोजसँग अंक बाँडेको थियो। 

दुई खेलमा अंक विहीन ललितपुर पहिलो जितको लागि खेल्दैछ। पहिलो खेलमा काडमाडौँसँग हारेको ललितपुर दोस्रो खेलमा पोखरा राइनोजसँग ९ विकटको हार भोगेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad