खेल


त्रिकोणात्मक शृंखलाः ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

त्रिकोणात्मक शृंखलाः ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १५:५६, काठमाडौँ

आईसीसी विश्वकप छनोट लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानसँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। 

ओमानको घरेलु मैदान अल अमरेत क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। नेपाली टोलीले आजको खेलमा पनि हिजोकै टोलीलाई निरन्तरता दिएको छ। 

खेल सवा ४ बजे सुरु हुनेछ। 

शृंखलाको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल सोही लयलाई निरन्तरता दिन चाहन्छ। 

सिरिजमा लगातार दोस्रो जित निकाल्दै चौथो स्थानमा उक्लिने योजनामा छ। तर ओमानमा घरेलु टोलीलाई पराजित गर्न भने नेपाली टोलीलाई त्यति सहज छैन। 

यसअघि नेपालको घरेलु मैदानमा भएको भेटमा दुवै खेलमा ओमानले जित निकालेको थियो। नेपाल घरेलु मैदानमा भोगेको हारको बदला लिने योजनामा छ। 

एक दिवसीय खेलमा यी टोलीबीच दुई खेलमा भेट भएको छ। दुवै भेटमा नेपाल पराजित भएको छ। 

सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा १८ रनले जित निकालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .