नेपालले भारतविरुद्धको खेलमा दोस्रो गोल खाएको छ। खेलको ८० औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै अग्रता २-० बनाएका हुन्।
नेपाले हानेको फ्रि किक बललाई निकालेको भारतले काउन्टर एट्याकमा गोल गर्न सफल भएको हो।
यसअघि नेपालले भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको ६२ औँ मिनेटमा गोल खाएको थियो। भारतका लागि फहारुख चौधरीले पहिलो गोल गरेका थिए।
प्रतिस्पर्धात्मक खेलमा नेपाली रक्षा पंक्तिले अनमार्क छाडेको अवस्थाको फाइदा उठाउँदै चौधरीले गोल गरेका थिए।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो हाफमा दुई गोल खाएसँगै नेपाल हार नजिक पुगेको छ।
खेलको पहिलो हाफमा भारतको तुलनामा नेपाली टोली आक्रामक रुपमा देखिएको थियो। तर दोस्रो हाफमा दुई गोल खाएको हो।
Shares
प्रतिक्रिया