ad ad

खेल


महिला फुटबल टोलीको प्रशिक्षण सुरु

महिला फुटबल टोलीको प्रशिक्षण सुरु

तस्बिर: एन्फा


नेपालखबर
साउन ४, २०७८ सोमबार १८:३,

एएफसी वुमन्स एसियन कप २०२२ को छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सोमबारबाट प्रशिक्षण सुरु गरेको छ। 

गत माघ–फागुनमा भएको राष्ट्रिय महिला लिगलाई आधार मानेर टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्रारम्भिक चरणमा ४५ जना खेलाडीलाई बन्द प्रशिक्षकमा डाकेका थिए। 

आज पहिलो दिनको प्रशिक्षणमा जम्मा ३७ जना खेलाडीमात्र उपलब्ध थिए।  

मुख्य प्रशिक्षक ग्यारी फिलिप्स हाल अष्ट्रेलियामा नै रहेकाले सहायक प्रशिक्षक चेतन घिमिरेले टोलीलाई प्रशिक्षण दिएका छन्। 

महिला टोलीले आज बिहानबाट ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण सुरु गरेका हो। 

बन्द प्रशिक्षणमा बोलाईएका त्रिभुवन आर्मी क्लवका कविता धिमाल सुनिता चौधरी मिसनमा गएकाले उनीहरुको स्थान अञ्जली वाईवा र हेमा चौधरीले लिएका छन्। 

एसियन कप छनोटमा नेपाल फिलिपिन्स र हङकङ रहेको समूह एफमा परेको छ। छनोट चरणका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म काठमाडौंको दशरथ रंगशालामा हुनेछ। 

प्रारम्भिक टोलीमा परेका खेलाडीहरु 
अन्जना रानामगर, एञ्जिला तुम्बापो सुब्बा, उषा नाथ, सावित्री किसान, सपना राई, रेनुका नगरकोटे, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गीता राना, अञ्जली योञ्जन, प्रिती राई, निशा थोकर, सृजना चेम्जोङ, हिरा कुमारी भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गामगर, अञ्जली वाईवा, हेमा चौधरी, विमला विक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्दिरा राई, विमला चौधरी, अमृता जैसी, घिम कुमारी गुरुङ, सृजना खड्का, निर्मला विक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, शिवानी कुवँर, सरस्वती हमाल, अमिषा कार्की, कुशुम खतिवडा, सृजना सिंह, सविता राना, रजनी थोकर, सलोनी राना मगर र चुम्लुंग्मा राई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .